१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

दुर्घटनामा १ को मृत्यु, ५ घाइते


२३ चैत, सुनसरी । सुनसरीको भोक्राहा गाउँपालिका–४ मा बिहीबार सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १७ च १०९७ नम्बरको जिपले साइकललाई बचाउने क्रममा अनियन्त्रित भई रुखमा ठोक्किएरे दुर्घटना हुँदा सप्तरी रायपुर–१ बस्ने ३६ वर्षीया रुवी यादवको मृत्यु भएको हो ।

दुर्घटनामा जिपमा सवार पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घाइते हुनेमा धनुषा भरतपुर–२ का ३० वर्षीय बुद्दलाल विक, तनहँु डुम्रे–१ का २२ वर्षीय अशोक अधिकारी, सप्तरी रायपुर–१ का ३५ वर्षीय पवनकुमार यादव, सप्तरी रायपुर–१ का २ वर्षीय कुलदीप यादव र १४ वर्षीय अंशु यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए । घाइतेको गोल्डेन अस्पताल, विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार १०:४३