१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

कार्यबाहक प्रधानमन्त्रीमा रक्षामन्त्री इश्वर पोखरेल

२३ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणका लागि दिल्ली प्रस्थान गरेसँगै कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षमन्त्री इश्वर पोखरेलले पाएका छन ।

नेकपा एमालेका महासचिव समेत रहेका सरकारका वरिष्ठमन्त्री पोखरेललाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यबहाक प्रधनमन्त्रीको जिम्मेवारी तोकेकी हुन ।

उपप्रधानमन्त्री धेरै बनाउने कीर्तिमान कायम गरेका प्रधानमन्त्री ओलीले वर्तमान सरकारमा भने उपप्रधानमन्त्रीमा कसैलाई नियुक्त नगरेकाले वरिष्ठ मन्त्रीको हैसियतमा पोखरेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेबारी पाएका हुन ।

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार ११:२८