१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

५४ सदस्यीय जम्बो टोली लिएर भारत उडे ओली, दुई रात तीन दिन दिल्लीमा विताउने

२३ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमणका लागि आज दिल्ली गएका छन । नेपाल वायु सेवा निगमको बिहान ९ बजेको उडानबाट ओली त्यसतर्फ लागेका हुन । प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिना पनि पुरा नहुँदै ओली ५४ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै भारत निस्केका हुन ।

प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी छन् । ओलीलाई भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, रक्षा मन्त्री ईश्वर पोखरेल, एमाले उपाध्यक्ष बामदेव गौतम, सुरक्षा निकायका प्रमुखहरुलगायतले विमानस्थलमा विदाइ गरेका थिए ।

प्रधानमन्त्रीमा दोस्रो पटक नियुक्त भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो । ओलीले मितव्यीताको नीति भ्रमणको समयमा पनि लागू गरेका छन । प्रायः प्रधानमन्त्रीहरु भारत भ्रमणमा जाँदा पाँचदेखि सात दिने भ्रमण हुने गरेकोमा ओलीले उक्त समयलाई छोट्याएर तीन दिनमा सीमित गरेका छन । र ओली यसपटक दिल्लीबाटै स्वदेश फर्कनेछन ।

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार ०९:५१