१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

धादिङबाट लागूऔषध चरेश बरामद, भारतीय नागरिक पक्राउ


२३ चैत, धादिङ । काठमाडौँबाट वीरगञ्जतर्फ लुकाइछिपाइ लागूऔषध चरेश लैजाँदै गरेको अवस्थामा आज बिहान प्रहरीले धादिङको गजुरीबाट चरेश बरामत गरी एक भारतीय नागरीकलाई पक्राउ गरेको छ ।

प्रहरीले एच आर ५५ एक्स २५४९ नं को भारतीय कण्टेनर गाडीमा १६० किलोग्राम र ५०० ग्राम लागूऔषध चरेश बरामद गरेको छ ।

चरेशसँगै गाडी चालक भारत मणिपुर निवासी २४ वर्षीय शचिकान्त कुशवाहलाई पक्राउ गरी हिरासतमा लिएर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

लुकाइछिपाइ भारत निकासी गर्न लागिएको सो लागूऔषध जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, गजुरीको संयुक्त प्रहरी टोलीले बरामद गरेको हो ।

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार ०९:२२