१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


२३ चैत मोरङ । मोरङको बेलबारी नगरपालिका–३ स्थित पूर्व—पश्चिम राजमार्गमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २८ प ७४३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा मोटरसाइकलको पछाडी सवार सुनसरी जिल्ला धरान–१७ बस्ने ३० वर्षीय सञ्जीव विश्वकर्माको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका विश्वकर्माको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराति १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलवारीका प्रहरी निरीक्षक रामजी कटवालले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलका चालक धरान–१७ कै २२ वर्षीय विजय विश्वकर्मा गम्भीर घाइते भएकाले उनको धरानमै उपचार भइरहेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार ०७:३६