१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

असई बनाइदिने भन्दै एक करोड ठगी गरेको आरोपमा चार जना पक्राउ


२२ चैत, काठमाण्डौं । महानगरीय प्रहरी परिसरले असई बनाइदिने भन्दै ठगी गरेको अभियोगमा आज चार जनालाई पक्राउ गरेको छ ।

परिसरले सेना तथा अनुसन्धानका विभिन्न पदमा जागीर लगाइदिने तथा शान्ति सेनामा विभिन्न देश पठाइदिने भन्दै रु एक करोड १५ लाख ठगी गरेको भनिएका लमजुङका मोहन दुरा र पशुपति अधिकारी, तनहुँका यमुना खड्का तथा कास्कीका रमेश कुमाललाई पक्राउ गरेको हो ।

अभियुक्तलाई अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहीबार २०:००