१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

बढ्दै बलात्कारः समस्या पुरुषको मानसिकतामा हो, लिंगमा होइनः शशी बस्नेत, अधिवक्ता


२२ चैत, काठमाडाैँ । पछिल्लो समय देशभर बलात्कारका घटना बढीरहेका छन यससँगै पीडकलार्इ मृत्युदण्डको सजाँय  दिनुपर्ने अावज चर्काे रूपमा उठिरहेकाे छ । बलत्कारीलार्इ मृत्युदण्ड वा फाँसीकै सजाँय  दिएर मात्र समस्याकाे समाधान नहुने तर्क राख्ने महिलाहरू पनि छन । महिला अधिकारकै पक्षामा लामाे समयदेखि अावाज उठाउँदै अाएकी अधिकारकर्मी अधिवक्ता शशी बस्नेत बलात्कारीलाई फाँसी दिने या नपुंसक बनाउने कानुनको विपक्षामा छिन ।

शशी बस्नेत, अधिवक्ता

महिला खबर डटकमकी सम्पादक लोग्शरी कुँवरसँग उनी भन्छिन, ‘अपराधीलाई सजायका साथै पीडितलाई क्षतिपूर्ति बढाउनु पर्छ । झन्झटिलो न्याय प्रणालीको अन्त्य गरी बलात्कृत महिलाहरूको तत्काल उपचार, क्षतिपूर्ति र पुनस्र्थापनाको सवालमा राज्य गम्भीर हुने हो भने पीडितले न्याय पाएको अनुभूति गर्छन् ।’ प्रहरीले मुद्दा दर्ता नै नगरिदिने, पीडितले उपचार र क्षतिपुर्ति समेत नपाएपछि आक्रोश बढ्दै जाँदा फाँसीको विषय उठेको उनको भनाइ छ ।

बस्नेत भन्छिन्, ‘बलात्कारीलाई मारेर वा उसलाई नपुंसक बनाएर बलात्कार रोकिदैन । समस्या पुरुषको मानसिकतामा हो, लिंगमा होइन ।’ बरु बलात्कारी मानसिकताको राम्ररी चिरफार गर्न सकेको खण्डमा भने घटना कम हुने उनको तर्क छ ।

याे पनि पढ्नुहोस

–बलात्कारीलाई मृत्युदण्ड देऊ

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहीबार २०:२१