१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

वैशाख ९ मा नेपाल नयाँ युगतिर प्रवेश गरेको सन्देश जनतालाई दिन्छौंः अध्यक्ष प्रचण्ड

२२ चैत, काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाख ९ गते नेपाल नयाँ युगतिर प्रवेश गरेको सन्देश जनतालाई दिने बताएका छन् ।

प्रचण्ड निवास खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले नेकपा (एमाले) बीच पार्टी एकता गर्ने समझदारी भएको र एकताको दिन नेपालबाट शान्ति, समृद्धि र एकताको सन्देश दिने योजना रहेको बताएका छन् ।

कार्यदलले बुझाएको प्रतिवेदनमा उत्पीडित वर्गको मुक्तिका लागि जनयुद्धको ऐतिहासिक भूमिका रहेको उल्लेख रहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने “अब चुनाव चिन्ह र बराबरीको कुरा टुंगेपछि एकता हुन्छ ।”

नव आगन्तुकलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नयाँ पार्टीमा रुपान्तरित भएपछि देश र जनताका धेरै समस्या समाधान हुने भएकाले अब निरास नहुन आग्रह पनि गरे ।

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहीबार १९:१८