१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

विद्यार्थी संगठनद्धारा चर्को शुल्क लिने विद्यालयलाई कारबाहीको माग


२२ चैत, काठमाण्डौं । काठमाण्डौंमा प्रमुख तीन विद्यार्थी संगठनले चर्को शुल्क लिने विद्यालयलाई कारबाहीको माग गरेका छन् ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आज ज्ञापनपत्र बुझाउँदै सरकारले तोकेको मापदण्ड र विधिको ठाडो अवज्ञा गर्दै अभिभावक र विद्यार्थीको ढाड सेक्ने गरी गरिएको शुल्कवृद्धि खारेज गर्न मन्त्री पोखरेललाई विद्यार्थी संगठनल आग्रह गरेका हुन् ।

अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले अधिकारसम्पन्न र प्रभावकारी अनुगमन समिति बनाई मापदण्डविपरीत शुल्क लिने विद्यालयलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन माग गरिएको जानकारी दिए ।

विद्यार्थी संगठनले शिक्षा ऐन (२०२८) को नवौं संशोधन खारेज गरी दशौ संशोधनको प्रक्रिया अघि बढाउन पनि माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले मनपरी शुल्क असुल्ने निजी विद्यालयलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै शुल्क मापदण्डको निर्र्दे्शिकाअनुसार विद्यालयले शुल्क लिने हा त्योविपरीत गएर शुल्क लिएका छन् भने कारबाही हुने बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहीबार १८:३०