२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

प्रधानमन्त्री ओली आज बालुवाटार सर्ने


६ फागुन, काठमडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुहुने भएको छ । प्रधानमन्त्री ओली आज अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारमात्रै प्रधानमन्त्री निवास छोड्नुभएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आईतवार ०७:४७