नुवाकाेट थानसिङकी ११७ बर्षिया बाटुलीलाई ककनी गाउँपालिकाले मासिक १० हजार दिने निर्णय गर्याे
१७ वैशाख, काठमाडाैँ । नुवाकाेट थानसिङकी ११७ वर्षीय बाटुली लामिछानेलाई ककनी गाउँपालिकाले मासिक १० हजार दिने निर्णय गरेकाे छ । ककनी गाउँपलिका वडा नम्बर ८ की बाटुलीलाई यहि वैशाख महिनादेखि मासिक १० हजार रुपैयाँ दिने निर्णय गरेकाे हो ।
गाउँपालिकाकै सबैभन्दा बढी उमेरको अभिभावक भएको भन्दै उनको संरक्षकत्व ग्रहण गर्नु गाउँपालिकाको कर्तव्य भएको गाउँपालिकाका उपप्रमुख सीता खतिवडाले बताइन ।
प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलवार १०:२३