१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

सरकार झुट र भ्रमको खेतीमाः कांग्रेस नेता पौडेल


२२ चैत, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनको वर्तमान सरकार झुट र भ्रमको खेतीमा लागेको आरोप लगाएका छन ।


दमौलीमा सञ्चारकर्मीसँगको भेटमा उनले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा भन्दा पनि झुट र भ्रमको खेतीतर्फ उन्मुख भएको आरोप लगाए । सरकार काम गर्नेभन्दा पनि लोकप्रियता कमाउनेतर्फ बढी मात्रामा लागेको पौडेलले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण केबल भारतीय समकक्षी नरेन्द्र मोदीसँग बिग्रेको सम्बन्ध सुधार्नेबाहेक आफूले अरु कुनै उपलब्धि नदेखेको नेता पौडेलले बताए । उनले भ्रमणलाई लिएर धेरै लोकप्रियता कमाउनेतर्फ लाग्नुभन्दा पनि देशको आर्थिक समृद्धि र विकासलाई अगाडि बढाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहीबार ०५:४८