१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

बालिका बलात्कार गरी फरार काभ्रेका सुविन तमाङ पक्राउ


२२ चैत, काभ्रे । बालिका बलात्कार गरी फारर भएका बनेपा नगरपालिका वडा नम्बर–१४, का २० वर्षीय वीरेन भन्ने सुबिन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरी भागेका तामाङलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो ।

फागुन २८ गते स्थानीयको विवाहमा गएका वीरेनले मादक पदार्थ सेवन गरी विवाहमा सहभागी बालिकालाई त्यसै दिन बेलुका जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक शुनिलजंग शाहले जानकारी दिए ।

फागुन २८ गते करणीमा परेकी बालिकाले असह्य भएपछि चैत्र ३ गते मात्र परिवारलाई जानकारी दिएकी थिइन् । चैत्र ३ गते परिवारले बालिकामाथि करणी भएको थाहा पाएपछि चैत्र ४ गते उजरी दिएको उनले बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहीबार ०५:४४