२०७५ असारबाट बागमतीको पानीबाट २२ मेगावाट बिजुली उत्पादन
२२ चैत, काठमाडौँ । बागमतीको पानीबाट २२ मेगावट बिजुली उत्पादन हुने भएको छ । अगामी २०७५ सलाको असारबाट बिजुली उत्पादनको तयारी गरिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ ईपापञ्चकन्यामा २२ मेगावाट क्षमताको बागमती जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।
माण्डु हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको सुरुङ, बाँध निर्माण र पावर हाउस सिभिलतर्फको काम नेपाली कम्पनी साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिले गरिरहेको छ ।
कम्पनीका प्रोजेक्ट म्यानेजर अनुप न्यौपानेका अनुसार आयोजनाको ८० प्रतिशत निर्माणकार्य सकिएको छ । चिनियाँ कम्पनी सिइच्वाङ हेइच्वाङ र नेपाली कम्पनी साउथ एसियनले २०७२ वैशाखबाट निर्माण थालेका थिए । आयोजनामा सिभिलततर्फ १ अर्ब २९ करोडसहित कुल चा अर्ब लगानी रहेको छ ।
प्रकाशित मिति : २२ चैत्र २०७४, बिहीबार ०५:३८