१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

स्वास्थ्य संस्थामै जवर्जस्ती गर्ने अहेव राकेश दास पक्राउ


२२ चैत, रामेछाप । रामेछापाको गुन्सी स्वास्थ्य चौकीका अहेव राकेश दास जवरजस्ती करणीको अभियोगमा पक्राउ परेका छन । उपचारका लागि स्वास्थ्य चौकीमा पुगेकी एक किशोरीलाई जवर्जस्ती गर्न खोजेको अभियोगमा प्रहरीले दासलाई बुधबार पक्राउ गरेको हो ।

पीडितले प्रहरीको उजुरी दिएपछि दासलाई प्रहरीले पक्राउ गरेको हो । टाउँको दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने भएपछि उपचारको लागि स्वास्थ्य चौकीमा पुगेकी सुनापती गाउँपालिका वेथानकी १७ वर्षिय युवतीलाई अहेव दासले यौन दुव्र्यवहार गरेका थिए ।

चैत्र १२ गते एसइई परीक्षा दिन गुन्सी परीक्षा केन्द्रमा गएकी वेथानकी ती किशोरी बिरामी भएपछि उपचारको लागि स्वास्थ्य चौकीमा पुगेकी थिइन ।

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहीबार ०५:३३