१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

भ्रष्टाचार र कर्मचारीले गर्ने खर्च नियन्त्रण गर्न आर्थिक कार्यविधिः मन्त्री ज्वाला


२२ चैत, सुर्खेत । कर्णाली प्रदेशसभाको आठौँ बैठकले आर्थिक कार्यविधि सर्वसम्मत पारित गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले यही चैत १६ गते संसद्मा सो कार्यविधि विधेय पेश गर्नुभएको थियो । यसलाई सभामुख राजबहादुर शाहीेले छलफलका लागि राख्नुभएको थियो ।

उक्त विधेयकको दफावार छलफलपछि संसद् बैठकले पारित गरेको हो । विधेयक प्रदेश नियमावली, २०७४ को नियम १०९ को उपनियम १ बमोजिम छिटो पारित गरिएको छ । खासगरी प्रदेशमा बढ्दै गएको भ्रष्टाचार र कर्मचारीले गर्ने खर्च नियन्त्रण जोड दिन तथा आर्थिक मितव्ययितामा ध्यान दिन कार्यविधि ल्याइएको आर्थिक मामिलामन्त्री ज्वालाले जानकारी दिनुभयो ।

कार्यविधि पारित भएपछि अब सरकालाई बजेट ल्याउन बाटो खुला भएको छ । यसले तीन महिनाका लागि संघीय सरकारले उपलब्ध गराएको रु एक अर्ब दुई करोड पाँच लाख बजेटको विनियोजनका लागि सहज भएको मन्त्री ज्वालाको भनाइ छ ।

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहीबार ०५:०१