१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

अनेरास्ववियु उदयपुरमा सरोज अधिकारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन


५ फागुन, उदयपुर । अनेरास्ववियु उदयपुरको नेतृत्व केही दिनको विवादपछि सर्वसम्मत रुपमा चयन भएको छ । शनिबार जिल्लास्तरीय नेताहरुको सक्रियतामा विवाद समाधान भएपछि सर्वसम्मत नेतृत्वको घोषणा गरिएको छ । अध्यक्षमा सरोज अधिकारी, उपाध्यक्षमा केशब मगर, सचिवमा भुवन दाहाल र सहसचिवहरुमा क्रमशः मिलन राई, प्रवेश ठकुरी र किन्जल खत्री र कोषाध्यक्षमा सीमा श्रेष्ठ सर्वसम्मत हुनुभएको अध्यक्ष मण्डलका सदस्य सन्तोष बस्नेतले बताउनुभयो । अध्यक्षमा हेम खडका र जीबनाथ दाहाल दुबैले अडान नछाडेपछि तेस्रो व्यक्तिको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७४, शनिबार २३:०८