१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

स्थानीय तहलाई भूमिका बढाउन मुख्यमन्त्री पोखरेलको आग्रह


२१ चैत, दाङ । प्रदेश नंं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलुकको विकास र समृद्धिको जिम्मा स्थानीय तहमा आएकाले आफ्नो भूमिका बढाउन आग्रह गर्नुभएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगरसभाको उद्घाटन गर्दै मन्त्री पोखरेलले संविधानले स्थानीय तहलाई पूर्ण अधिकार दिएकाले आफ्नो भूमिका बढाएर जनताप्रति उत्तरदायी भएर काम गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । तुलसीपुर शहरलाई नमुना वस्तीका रुपमा विकास गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार १९:२५