१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

रामारोशनलाई निकुञ्ज बनाउन पहल गर्ने एमाले उपाध्यक्ष रावलको प्रतिवद्धता


२१ चैत, अछाम । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले पर्यटकीय क्षेत्र रामारोशन जोड्ने सडक पक्की बनाइने र बस चल्ने बनाउन पहल गरिने बताएका छन ।


रामारोशन पर्यटन तथा साँस्कृतिक महोत्सवको बुधबार उद्घाटन गर्दै पूर्वउपप्रधानमन्त्री रावलले रामारोशनलाई निकुञ्ज, आरक्षण वा संरक्षित क्षेत्रमध्ये के बनाउन सकिन्छ त्यसतर्फ आफू प्रयत्नशील रहने प्रतिवद्धता जनाए ।

महोत्सव मूल आयोजक समितिका अध्यक्ष जनक साउद, राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, प्रदेशसभा सदस्य दुर्गा विक, रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदलगायतले पनि उद्घाटनका अवसरमा मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार १९:१८