८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

एमाले–माओवादी एकीकरण वैशाख ९ मै हुने, एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

२१ चैत, काठमाडौँ । नेकपा एमालेले अन्तिम केन्द्रीय कमिटीको अन्तिम बैठक बोलाएको छ । एमालेले पोलिटव्यूरोको बैठक वैशख ६ र केन्द्रीय कमिटीको बैठक वैशाख ७ गतेका लागि बोलाएको हो ।

वैशाख ९ मा नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति भएकाले एमालेले उक्त सहमति अनुमोदन गराउन पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

फाइल तस्बीर ।

बुधवार बसेको स्थायी कमिटी बैठकले आगामी वैशाख ६ गते पोलिटव्यूरो र ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको पार्टीका सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

बुधबारको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि भएका प्रगतिबारे जानकारी गराएका थिए । ओलीले एकताका लागि अब धेरै समस्या नरहेको भन्दै केही प्राबिधिक बिषय चाँडै टुंगो लाग्ने बताएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार १८:०५