१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

नेकपा एमालेको सचेतकमा शान्ता चौधरी


२१ चैत, काठमाडौँ । नेकपा एमाले संसदीय दलको सचेतकमा सांसद शान्ता चौधरी चयन भएकी छिन । एमाले संसदीय दलको आज बसेको बैठकले संसदको प्राकृति स्रोत तथा साधान समितिको पूर्व सभापति समेत रहेकी चौधरीलाई दलको सचेतक चयन गरेको हो ।

चौधरीलाई सचेतक बनाउन दलको बैठकमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव राखेका थिए । ओलीको प्रस्ताव सर्वसम्मतिले पास भएको थियो । चाैधरी नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुन ।

यो पनि पढ्नुहोस्
–एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ
–नेकपा एमालेको प्रमुख सचेतकमा खगराज अधिकारी

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार १६:१०