१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ


२१ चैत, काठमाडौँ । नेकपा एमाले संसदीय दलको उपनेतामा पूर्व सभामुख सुवास नेम्वाङ चयन भएका छन् । एमाले संसदीय दलको आज बसेको बैठकले पूर्वसभामुख नेम्वाङलाई दलको उपनेता चयन गरेको हो ।

नेम्वाङलाई उपनेता बनाउन दलको बैठकमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव राखेका थिए । ओलीको प्रस्ताव सर्वसम्मतिले पास भएको थियो । अोलीका विश्वासपात्र नेम्वाङ यसअघि एमालेको संसदीय दलको उपनेता रहेका थिए ।

यो पनि पढ्नुहोस्

–नेकपा एमालेको प्रमुख सचेतकमा खगराज अधिकारी

–नेकपा एमालेको सचेतकमा शान्ता चौधरी

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार १५:५६