१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

पूर्वसांसद एवम् एमाले नेता जागृतप्रसाद भेटवालको निधन


२१ चैत, चितवन । नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य तथा पूर्व सांसद जागृतप्रसाद भेटवालको आज निधन भएको छ ।खक्यान्सर रोगबाट पीडित भेटवालको काठमाडौँको वीरअस्पतालमा उपचारका क्रममा केही बेरअघि निधन भएको नेकपा (एमाले) चितवनका पूर्व अध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।

उहाँ पिशावथैली नजिकैको प्रोष्टेट ग्रन्थीकोे क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । पछिल्लो समयमा शरीरका विभिन्न अंगमा क्यान्सर फैलिएपछि विगत डेढ महिनादेखि उहाँ अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

चितवन राप्ती नगरपालिका–४ भण्डारा निवासी भेटवालको श्रीमती, दुई छोरी र एक छोरा रहेको एमाले प्रदेश नं ३ का सदस्य कृष्ण खनालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार १४:०९