१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

त्रियुगा नगरपालिकामा व्यापक भ्रष्टाचारको जनगुनासो


–अश्विन खड्का

५ फागुन, उदयपुर । उदयुरको त्रियुगा नगरपालिकामा व्यापक भ्रष्टाचार हुने गरेको जनगुनासो बढेको छ । नगरपालिकाले गरेको एक कार्यक्रममा नगरपालिकाले गरेको कार्यक्रममा भ्रष्टाचार भएको भन्दै चर्काचर्की समेत भएको छ । कार्यक्रमका सहभागीले नदी नाला नियन्त्रणका नाममा व्यापक भ्रष्टाचार भएको आरोप लगाए । उनीहरुले जल उत्पन्न कार्यलयबाट समेत जनताको नाममा नामै नभएका नदीनालामा काम गरेको देखाएर बजेट खाने काम भएको आरोप लगाए ।

सुकुम्बासीको नाममा सरकारी जग्गामा घरबनाई मानिसहरुलाई बसाएको तथा जिल्लामा आएका विकासको बजेट बाँडिचुँडी खाएको भन्दै उनीहरुले नगरपालिकाका पदाधिकारीको आलोचना गरे । जनस्तरबाट आलोचना र गुनासो आएपछि नगरप्रमुख लगायत सबन्धित निकायका प्रमुखहरुले आफ्नो बचाउ गरेका थिए । नगरपालिकाका मेयर बलदेव चौधरीले विगतको कमजोरी सच्याउँदै आगामी दिनमा सबै कामलाई पारदर्शी र प्रभावकारी बनाउने बताउनुभयो । कार्यक्रममा जिल्लाका प्रमुख राजनीतिक दलका नेताहरु, नागरिक समाजका प्रतिनिधि, विभिन्न ककार्यालयका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७४, शनिबार १५:३९