१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

संघीय संसदको पहिलो अधिवेशन अन्त्य


२० चैत, काठमाडाैँ । संघीय संसद्को पहिलो अधिवेशन अाजबाट अन्त्य भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको हाे ।

प्रतिनिधिसभाको मंगलबारकाे बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका  थिए । दुवै सदनको पहिलो बैठक  फागुन २१ गते बसेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार १६:३२