१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

श्वेतपत्र अतिरञ्जनापूर्ण भएकाे कांग्रेसको अारोप


२० चैत, काठमाडाैँ । प्रतिनिधिसभाको मंगलबार बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले मुलुकको अर्थतन्त्र रित्तो भएको अवस्थामा नभए पनि अर्थमन्त्रीले हालै जारी गरेको श्वेतपत्र अतिरञ्जनापूर्ण रहेको आरोप लगाएको छ ।

बैठकको विशेष समयमा कांग्रेसका डा मीनेन्द्र रिजालले पछिल्लो दशकमा अर्थतन्त्रमा समग्रमा सुधार आए पनि सरकारले यथार्थ विश्लेषण नगरी दोषारोपण गर्ने गरी श्वेतपत्र ल्याएको आरोप लगाए ।

उनले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र निजी क्षेत्रलाई सँगै लान नसक्दा तथा राजनीतिक अस्थिरता हुँदा निर्यात घाटा भएको बताउँदै त्यसको खाडललाई पूर्ति गर्दै सबैको सहयोग लिएर नयाँ सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड  दिए । उनले सरकारी ढुकुटी रित्त भयो भन्नु अरिरञ्जना बाहेक अरु केही नभएको बताए ।

अर्थतन्त्रमा रहेको कमजोरी रहेको स्वीकार गरेका उनले त्यसलाई देखाउने क्रममा नुहाउन बाटामा राखेको बच्चालाई समेत फाल्ने प्रयास भएको बताए ।

 

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार १४:५२