२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

काठमाडौँमा मात्रै ९ महिनामा ८९ महिला बलात्कृत

२० चैत, काठमाडौँ । काठमाडौंमा गत ९ महिनामा मात्रै ८९ महिला बलात्कृत भएका छन । काठमाडौ परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले चालू आर्थिक वर्ष २०७४/को चैतसम्म ८९ वटा बलात्कारको घटना भएको जानकारी दिए ।

थापाले पछिल्लो समय महिला तथा बालिबालिकाविरुद्ध हुने अपराध उल्लेख्य रुपमा वृद्धि भएको जानकारी दिए । जबरजस्तीकरणी जस्तो संवेदनशील अपराधको अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरु समेत गम्भीर र संवेदनशील हुन नसकेको गुनासो रहेको उल्लेख गर्दै डिएसपी थापाले बलात्कारका घटना नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम साथै भएका अपराधको अनुसन्धानलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार १४:२६