१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

भूकम्प पीडितका लागि खुशीको खबरः दोस्रो किस्ता अनुदान लिन फेरि तीन महिनाको समय थप


२० चैत, काठमाडौँ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले भूकम्प प्रभावितलाई दोस्रो किस्ताको अनुदान रकम लिन फेरि तीन महिनाको समय थप गरेको छ ।

मंगलबार बिहान बसेको निर्देशक समितिको बैठकले आउँदो असार मसान्तसम्ममा भूकम्प प्रभावितले दोस्रो किस्ताको रकम लिन सक्ने निर्णय गरेको हो ।

यसअघि चैत मसान्तसम्मको समय रहेकोमा तीन महिनाको समय थपिएको प्राधिकरणका कार्यकारी प्रमुख युवराज भूषालले जानकारी दए । यस्तै चैत मसान्तमा संघीय संरचना खारेज भए पनि पुननिर्माणका काममा निजी आवास, स्वास्थ्य चौकी र शिक्षासम्बन्धी इकाई भने खारेज नहुने निर्णय प्राधिकरणले गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार १४:१०