२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

नुवाकोटकाे पासाङ ल्ह्यामु राजमार्गमा प्रेसर कुकर बम, प्रहरी घटनास्थलमा


२० चैत, नुवाकोट । पासाङ ल्ह्यामु राजमार्ग अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिकाको वडा नम्बर ११ अमारेमा शंकास्पद वस्तु भेटिएपछि सवारी आवागमन बन्द भएको छ ।

शंकास्पद वस्तु भेटिएपछि घटनास्थल प्रहरीले नियन्त्रणमा लिएको छ । राजमार्गको बिच सडकमा शंकास्पद वस्तु भेटिएपछि त्रिशुलीबाट काठमाडौँ आउने र काठमाडौँबाट त्रिशुली जाने सवारी बीचैमा रोकिएका छन ।

नेपाली सेनाको बम डिस्पोजल टोली बिदुरबाट बेलकोटका लागि आउँदै गरेको स्थानीय नारायणप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्लस्टिकले बेरिएको प्रेस कुकरमा बिजुलीको तार बाहिर निकालिएको छ । अहिले बम राखिएकै समयमा सशस्त्र द्धन्द्धको समयमा विद्युती धरापमा परी नेपाली सेनाका तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार ०८:१२