२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नि शोक, पत्नी यशोदाको निधन


२० चैत, काठमाडौँ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ । श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको ६७ वर्षको उमेरमा गएराति निधन भएको हो ।

क्यान्सर रोग पीडित सुवेदीको ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अहिले धेरैजसो कलाकार अस्पताल पुगेका छन् । उहाँको मंगलबारै अन्त्येष्टि गरिने कलाकार किरण केसीले जानकारी दिएका छन ।

 

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार ०७:५०