२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

लेदो र किरासहितको सोमरस्बी एप्पल साइडर बजारमा, पिउँदा होस गरौँ (भिडियोसहित)


२० चैत, काठमाडौँ । पछिल्लो समय लोकप्रिय बनेको सोमरस्बी एप्पल साइडरमा लेदो र किरा भेटिएको छ । उपभोक्ताको रुची बढेकै समयमा सोमरस्बीमा लेदो र किरा भेटिएको हो ।

अहिले बजारमा लेदो र किरासहितको सोमरस्बी आइरहेको अनामनगरका एक विक्रेताले बताएका छन । उनले लेदो र किरासहितको सोमरस्बी एप्पल साइडर देखाउँदै उद्योगलाई लेदो र किरासहितको पेयपदार्थ बजारमा रहेको विषयमा जानकारी दिए पनि कुनै चासो नदिएको बताए ।

गोर्खा ब्रुअरीले नेपाली बजारमा ल्याएको सोमरस्बी एप्पल साइडरमा यसघि पनि अखाद्यवस्तु भेटिएको थियो । यस्ता लेदो र किरायुक्त सोमरस्बी एप्पल साइडर पिउँदा मानव स्वास्थ्यमा त्यसले गम्भीर असर पुर्याउने चिकित्सकले बताएका छन ।

गत २०७३ को जेठमा खेतान समूहले गोर्खा ब्रअरीमार्फत अन्तर्राष्ट्रियस्तरको ‘सफ्ट ड्रिंक्स’ को रुपमा सोमरस्बी एप्पल साइडर ल्याएको हो ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार ०६:१७