२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

बर्डफ्लुपछि भारतीय चल्ला र कुखुरा आयातामा प्रतिबन्ध


२० चैत, बाँके । भारतको उत्तर प्रदेशमा बर्डफ्लु फैलिएपछि बाँकेमा उच्च सतर्कता अपनाइएको छ । विशेष गरी भारतसँग सीमा जोडिएको नाकामा उच्च सतर्कता अपनाइएको बाँकेका निमित्त प्रजिअ गणेशप्रसाद आचार्यले जानकारी दिनुभयो । भारतका कुखुरा र चल्लाको बाँकेमा प्रवेश रोक्न सबै सीमाका सुरक्षा निकायलाई निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको सरोकारवाला निकायका पदाधिकारीको बैठकले नेपालगञ्जस्थित क्षेत्रीय क्वारेन्टाइन कार्यालयको अगुवाइमा सीमावर्ती नाकामा भारतीय कुखुरा र चल्ला ल्याउनबाट रोक लगाउन संयुक्त सुरक्षा गस्ती गर्ने निर्णयसमेत गरेको छ ।

नेपालगन्ज भन्सार कार्यालयस्थित क्षेत्रीय पशु क्वारेन्टाइन कार्यालयले पनि भारतबाट कुखुरा भित्रन नदिन आवश्यक निगरानी बढाएको कार्यालयका प्रमुख रामसेवक त्रिपाठीले बताउनुभयो । भारतको उत्तर प्रदेशको गोरखपुरलगायत क्षेत्रमा बर्डफ्लु पैmलिएपछि बाँकेमा उच्च सतर्कता अपनाइएको हो ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार ०५:३१