१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

प्रचण्डको मन फेरि फाट्यो ! कसरी सिउलान ओलीले ?


२० चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मन फेरि फाटेको छ । नेकपा एमालेसँग तत्कालीन अवस्थामा सत्ता साझेदारी गर्दागर्दै आफ्नै दलको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हिम्मत गर्ने प्रचण्डको मनचाहिँ कसरी भाँचियो भन्ने रहस्यको विषय बनेको छ ।

पछिल्लो हप्तामा हुनले नेकपा एमाले र नेकपा मओवादी केन्द्रबीचको पार्टी एकताको विषयलाई लिएर सर्वजनिक अभिव्यक्ति दिइरहेका छन । जुन अभिव्यक्तिले दुई पार्टी मिलेको देख्न चाहने आम कार्यकर्ता र जनतासमेतको अपेक्षामा कुठाराघात हुने त हैन भन्ने खालका संसशयहरु पैदा भैरहेका छन । पार्टी एकतालागि एउटा आधारभूत विषयमा सहमति समेत भइसकेको अवस्थामा किन मन फटाएर कहिले समान हैसित त कहिले बराबरी सिद्धान्तलेमात्र एकता सम्भव रहेको अभिव्यक्ति दिइरहेका छन ।

सोमबारमात्र भरतपुर विमानस्थलमापत्रकारसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘पार्टी एकता सिद्धान्ततः प्रतिशतका आधारमा हुँदैन । चुनाव जस्तो होइन भन्न खोजिएको मात्रै हो । बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्छ भन्न खोजिएको हो ।’ केपी ओलीलाई भेट्दा सबै ठीक छ भन्ने तर सार्वजनिक कार्यक्रम ह्वात्तै पोखिने प्रचण्डको बानी एमाले र माओवादीको तत्काली सत्ता सहकार्यको समयमा पनि देखिएको हो ।

ओली पहिलो पटक प्रधानमन्त्री भएको समयमा प्रचण्डले अविश्वासको मत ल्याएपछि ओलीकै प्रचण्डबारे यसो भनेका थिए ‘अस्ति कुरा सुनेपछि मलाई लाग्यो, आरोपहरु के छन् सुनेँ । आरोप सुन्दा थाहा भने ममाथिको अविश्वास कामको कारण होइनरहेछ, मन फाटेका, कमलो मन दुखेको, चित्त नबुझेको आदि कारणले रहेछ ।’ ओलीले भने, ‘मैले मेरा मित्रको च्यातिएको मन अरुणा लामाको गीतमा भनेझैं धेरैपटक सिउने कोशिस गरें । कहिले साँझ त कहिले राति अबेरसम्म धेरैपटक फाटेको मन तुन्ने काममा बिताएको भन्दै उनले थपे, भयो के भने आज तुनेर, जोडेर पठाउँछु, भोलिपल्ट आउँदा अर्को्तिर फाटेको हुन्छ ।’ प्रधानमन्त्री ओलीले माओवादीले समर्थन फिर्ता लिनु केही दिनअघि मात्रै प्रचण्डसँग आफ्नो सवा दुईघण्टा कुरा भएको सुनाए । भेटमा आफूले अब कसरी अगाडि जाने भन्नेमा मोडालिटी आओस् भनेको भन्दै उनले थपे, ‘उहाँले भोलि पर्सि मोडालिटी लिएर आउँछु भन्नुभएको थियो । मोडालिटी टेलिफोनबाट थाहा भो, समर्थन फिर्ता लिने ।’

हेर्नुहोस तत्काली अवस्थामा प्रधानमन्त्रीकाे रूपमा संसदमा भएको त्यो अन्तिम भाषण

प्रचण्डले अहिले समानता र बराबरीकाे सन्दर्भ उप्काए पनि उनले अाफ्नाे भाषणको अन्त्यमा भने वैशाख ९ मै पार्टी एकता हुने बताउँदै अाएका छन । एमाले र माओवादीको पार्टी एकताका विषयमा विभिन्न कार्यदल र समिति बनाइए पनि निर्णयमा हस्तक्षेपकारी भूमिका खेल्न सक्ने ओली र प्रचण्ड नै हुन । अाज मंगलबार दुबै पार्टीकाे एकता संयाेजन समितिको बैठक समेत भएकाले त्यसपछि अाउने निर्णय वा वक्तव्यले केही भ्रम अवश्य नै  निवारण गर्ने छ ।

त्यसकारण पछिल्ला केही दिनका प्रचण्डका अभिव्यक्ति माओवादी नेताहरुको व्यवस्थापनका लागि हो कि फेरि कुनै चुम्बकले काम गरेकाले आएका छन त्यो भने वैशाख ९ गते नै थाहा हुनेछ ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार ०५:५०