१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

साेमबार पनि घट्यो सेयर बजार, वित्त बाहेक सबै क्षेत्रकाे सेयर परिसूचकमा गिरावट

१९ चैत, काठमाडाैँ । धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ३.२८ अंकले ओरालो लागेको नेप्से परिसूचक एक हजार १९२.९६ विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.६८ बिन्दुले ओरालो लागेर २५५.०१ विन्दुमा पुगेको छ । आज १५६ कम्पनीको करीब १० लाख ७० हजार कित्ता शेयर करीब रु २० करोड ५९ लाखबराबरको शेयर खरिद बिक्री भएको छ ।

वित्त क्षेत्रको बाहेक अरु समूहको शेयर आज ओरालो लागेको छ । सो समूहको शेयर ३.४७ विन्दुले उकालो लाग्दा बैंकिङ १.९६, होटल १६.५४, विकास बैंक ३.६४, जलविद्युत् ६.२४, बीमा २३.५८, उत्पादन ३३.४८, अन्य ०.६ र माइक्रोफाइनान्स समूहको शेयर ५.२६ विन्दुले ओरालो लागेको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार २१:१७