२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै जुवाको खाल, प्रहरी र सिसि क्यामेराको निगरानी केमा ?

२५ चैत, काठमाडाैँ । अनेक प्रकरण भैरहने नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा जुवाको दृष्य देखिएको छ । नेपालमा सार्वजनिक रूपमा प्रहरीले थाहा पाउनेगरी जुवा खेल्न पाइदैन् । विदेशीले जुवा खेल्न त पाउँछन तर उनीहरू जुवाघरमा जानुपर्छ । त्रिभुवन विमानस्थलमा बसेर जुवा खेल्न पाइदैन ।

त्रिभुवन विमानस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ भने सिसि क्यामेराको निगरानी उत्तिकै हुन्छ । तर यस्तै अवस्थामा रहेको विमानस्थलमा गत सोमबार विदेशीहरू पैसा नै राखेर तास खेलिरहेका थिए । चिनियाँहरू विमानस्थलमा निर्धक्कसँग तास खेलिरहेको कुरा न प्रहरीले जानकारीमा लियो न त सिसि क्यामेरा मनिटरिङ गर्नेले हेरे तर उनीहरूले विमानस्थलमै बसेर जुवा खेले । नेपालमा सार्वजनिक स्थानमा बसेर यसरी जुवा खेल्नुलाइ दण्डनीय मानिन्छ । तस्बीरहरूः गोकर्णप्रसाद तिवारी

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार ०७:२०