५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

महिला फ्यानले वरुण धवनलाई भेट्न नपाएपछि प्रेमिका नताशाको ज्यान मार्ने धम्की दिएपछि… 

२४ चैत, भारत । बलिउड अभिनेता बरूण धवनलाई एकजना महिला फ्यानले धवनको प्रेमकालाई मार्ने धम्की दिएकी छिन् । अभिनेता धवन  र उनकी प्रेमीका नताशा दलालले छिट्टै विवाह गर्ने कुरा मिडियामा आइरहँदा उनिहरूबिचको सम्बन्ध नरूचाएकी बरूणको फ्यानले नताशालाई मार्ने धम्की दिएकी हुन् ।

अभिनेता वरुण उनको फिल्म कलंक को प्रमोशनमा व्यस्त रहेका बेला एकजना महिला फ्यानले उनको मुम्बईको जुहुस्थित घर अगाडि आएर वरुणलाई भेट्न नपाएपछि उनकी प्रेमिका नताशाको ज्यान मार्ने धम्की दिएकी हुन्। सुरक्षा गार्डहरुका अनुसार ती महिला कैयौं दिनदेखि वरुणको घर वरपर चक्कर लगाइरहेकी थिइन् ।

अधिकांश फ्यानहरु फूलका गुच्छा, गिफ्ट वा म्यासेज छोडेर फर्कने गर्थे, तर ती महिलाले भने वरुणसँग भेट्ने जिद्दी गर्दै नतासालाई ज्यान मार्ने धम्की दिइन । उनले करिब ४५ मिनेटसम्म सुरक्षा गार्डसँग झगडा गरेपछि अन्त्यमा प्रहरीलाई बोलाइएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आईतवार २०:५४