२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार कमल काेइरालालाई प्रदान


१९ चैत, काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय प्रचार प्रसार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गरिएको छ ।


आज आयोजित एक कार्यक्रमकाविच प्रधानमन्त्री ओलीले उक्त पुरस्कार कोइरालालाई प्रदान गरेका हुन् ।
मदन भण्डारीको व्यक्तित्व, राजनीतिक गतिविधि र ‘जनताको बहुदलीय जनवाद’ बारेमा विभिन्न लेखमार्फत उजागर गरेकाले उनलाई उक्त पुरस्कार दिइएको हो ।


गत वर्ष पहिलो पटक सो पुरस्कार फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई दिइएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार १२:३२