२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

राष्ट्रिय लघु जलविद्युत् उपभोक्ता महासंघ गठन


१९ चैत, ललितपुर । नेपालको लघु जलविद्युत् क्षेत्रको बिकास, संरक्षण र सम्बद्र्धन गर्दै नेपालको ग्रामीण क्षेत्रमा विद्युत् विकास गर्न र नीति निर्माणमा लघु जलविद्युत् संस्थाहरुको पहुँच स्थापित गर्न राष्ट्रिय महासंघ गठन गरिएको छ ।

नेपालका लघु जलविद्युत् संस्थाका प्रतिनिधिहरुको आज ललितपुरमा आयोजित राष्ट्रिय भेलाले लघु जलविद्युत् क्षेत्रमा रहेका नीतिगत अस्पष्टता अन्त्यका लागि जलविद्युत् संस्थाहरुको राष्ट्रियस्तरको छाता संगठनको रुपमा महासंघ गठन गरिएको बताइएको छ ।

नेपाल ऊर्जा फाउण्डेशनको अगुवाइमा भएको सो भेलाले नारायणध्वज खडकाको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

रासस

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार १२:०१