शेरबहादुर देउवाले वृद्धभत्ता नपाउने, ओली सरकारले लिएन स्वामित्व
१९ चैत, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफैँले बृद्धभत्ता लिने गरी गरेको निर्णय कार्यान्वयन नहुने भएको छ । देउवा सरकारले कार्यबिधि नबनाएको र अहिलेको सरकारले त्यसको स्वामित्व नलिएपछि निर्णय अलपत्र परेको छ ।
देउवाले अाफू पनि बृद्ध भत्ताका लागि योग्य हुनेगरी ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकले वृद्धभत्ता पाउने निर्णय गरेको थियोे । कांग्रेसले सस्तो लोकप्रियताका लागि भूकम्प पीडितलाई थप एक लाख अनुदान दिने र ६५ वर्षको उमेरमै बृद्धभत्ता दिने निर्णय गरेको थियो ।
गत माघ ११ मा मन्त्रिपरिषद् बैठकले वृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६५ वर्ष कायम गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्न सामाजिक सुरक्षाभत्तासम्बन्धी कार्यबिधि संशोधन गर्नुपनमा त्यो आजका दिनसम्म हुन सकेको छैन र ओली सरकार त्यसमा नकारात्मक रहेकाले नहुने निश्चित भएको छ ।
प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार १०:१७