३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

देउवा सरकारले भूकम्प पीडितलाई थप अनुदानको नाममा झुट बाँडेको खुलासा

१९ चैत, काठमाडौँ । भूकम्पपीडितलाई थप १ लाख अनुदान दिने भनेर शेरबहादुर देउवा नेतृत्वको सरकारले हल्ला मात्रै गरेको खुलासा भएको छ ।

देउवा नेतृत्वको सरकारले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको भनेर झुट प्रचार गरेर पीडितलाई घाँस हालेको विषय आजको नयाँ पत्रिका दैनिकले खुलासा गरेको छ ।

गत १० माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले पाउने अनुदान रकम ३ लाखबाट बढाएर ४ लाख पु¥याउने निर्णय भएको सार्वजनिक गरिएको थियो । तर, मन्त्रिपरिषद्को माइन्युटमा यो निर्णय उल्लेख नभएको मुख्यसचिव लोकदर्शन रेग्मीले बताएका छन ।

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार ०९:४४