२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

बिजुली शर्ट हुँदा प्राइम बैंकमा आगलागी

१९ चैत, संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा रहेको प्राइम बैंकको शाखा कार्यालयमा आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर बिजुली सर्ट भएर बैंकमा आगो लागेको संखुवासभा प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट कति क्षति भयो भन्ने बारेमा अनुसन्धान भइरहेकाे र पूरा विवरण आइनसकेको प्रनाउ सारुमगरले बताउनुभयो । प्राइम बैंकको शाखा कार्यालय सभापोखरीमा केही समयअघि मात्रै स्थापना भएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलवार १३:५७