१ मंसिर २०८१, शनिबार | Sun Nov 17 2024

-कमला वस्ती

म दाैडन खोज्दै थिएँ,
आमा पछाडी बाट हतारहतार आइन
र च्याप्प मेरो हात समाएर!
आखाभरी टिलबिल आँसु पार्दै,
भन्न लागिन,
“छोरी तैले रोकिनु पर्छ,
पख नानी,
त्यो त भयानक पहाड हो,
त्यहा डरलाग्दो भिर छ,
मैले बेवास्ता गर्दै जबाफ दिए,
“छोड्दिनुस न,
म पहाड नै फोर्ने छु”

आमा मेरो हात सुमसुमाउदै,
” तलाइ जन्माउदा मलाइ औधी गार्हो भएको हो नि
उफ थाहा छ,
त्यो तल्लो घरकि कान्छी काकिले,
त नजन्मिदै तेरो सन्तान अलछिना रहेछे,
नजन्मिदै तलाइ टोक्ने, मर्छेस त भन्दै थि
अनि त जन्मने बित्तिकै मैले,
ए कान्छी, मेरो छोरिको उज्यालो मोडा हेर त,
तैले अलछिना भनेको होइन,
मेरो छोरी त भाग्यमानी छे
लक्ष्मि छे, भन्दै उफ्रिएको,
तैले त्यसलाई देखाउनु पर्छ,
मैले हात हटाउदै भने,
त्यस्कै निम्ति जाँदै छु,
जान दिनुस,
“म त्यो पहाड नै फोर्छु”

यत्तिकैमा गर्जदै बाबा,
ओइ काली कहाँ जाने अरे,
त तलाइ थाहा छ,
भिर, पहाड कस्तो हुन्छ,
एकपटक तलाइ खेल्दा काडा बिझेर त कति रोइस,
मैले त निदाउदा बल्लबल्ल झिक्देको
त्यो काडाको दुखाइ तलाइ याद छ,
त्यो दुखाइ भन्दा पनि कयौ गुणा बढी दुख्छ,
जिबनको दुखाइ,
भोगाइको दुखाइ,
झन त्यो पहाडको दुखाइ,
नाइँ बाबा,
म दुख पनि भोग्छु,
त्यो काडा अब हजार ठाउमा खोचेर,
खोपेर निकाल्नुस्
म चुपचाप सहन्छु,
म जान्छु नि बाबा,
मलाई जान दिनुस,
छोड्नुस,
“म पहाड नै फोर्छु”

बाबाले बिचमै कुरा काट्दै,
आफ्नो हत्केला देखाउदै भन्नुभयो
“कान्छी यी मेरा हात हेर त,
तिमिलाई हुर्काउदा,बढाउँदा,पढाउँदा,
खुइलिएको यी मेरा हातले,
तिम्रो सफलताको उपहार छुने,
करोडौँ रहर जमाएको छ,
त्यसैले तैँले सब रोक्नुपर्छ,
म झर्कंदै बोले,
“चाहिएन,
म त्यही पहाड मै जान्छु,
छोड्नुस,
“म पहाड नै फोर्छु”

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलवार १३:३१