२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

विप्लव नेतृत्वकाे नेकपाका पर्वत जिल्ला संयोजक विष्णु परियार पक्राउ

१९ चैत, पर्वत । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन दलित मुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक  विष्णु परियारलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ ।

फाइल फाेटाे

पर्वत जिल्ला कुश्मा नगरपालिका ८ बस्ने परियारलाई कुश्मा नगरपालिका वडा नम्बर १२ ठूलीपोखरीबाट चैत १७ गते नियन्त्रणमा लिएको हो । ठूलीपोखरीलगायतका क्षेत्रमा संगठन विस्तार गर्दै हिडेको आरोपमा विष्णु परियारलाई अस्थायी प्रहरी चौकी ठूलीपोखरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ गरिएका परियारलाई जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखेर जिल्ला प्रशासन कार्यालय पर्वतबाट चैत १८ गते म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलवार १३:१६