बारा र पर्साका हावाहुरी प्रभावितलाई नेपाली कांग्रेसले थप २५ लाख रुपैयाँ उपलब्ध गराउने
१९ चैत, काठमाडाैँ । नेपाली कांग्रेसले बारा र पर्साका हावाहुरी प्रभावितलाई थप २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । हावाहुरी प्रभावितलाई भेट्न बारा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले राहत स्वरुप २५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।

यसअघि, उपसभापति विमलेन्द्र निधिले १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए । सभापति देउवाले बिहान नारायणी अञ्चल अस्पतालमा घाइते भएकालाई भेटेका थिए । उनले बाराको भलुही भरवलियामा हावाहुरीबाट प्रभावितलाई ब्याल्ङकेट, बाल्टिनलगायतका सामग्री वितरण गरेका थिए ।
प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलवार १२:३५












