मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार कोइरालालाई
१८ चैत, काठमाडाैँ । नेकपा (एमाले) केन्द्रीय प्रचार प्रसार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ यस वर्ष वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गरिने निर्णय भएको छ ।
विभागको अाइतबार बसेको प्रचारप्रसार बैठकले मदन भण्डारीको व्यक्तित्व, राजनीतिक गतिविधि र ‘जनताको बहुदलीय जनवाद’ बारेमा विभिन्न लेखमार्फत उजागर गरेकाले उहाँलाई उक्त पुरस्कार दिने निर्णय गरेको विभागका उपप्रमुख सूर्य थापाले दैनिकीलार्इ जानकारी दिए । थापका अनुसार पुरस्कारको राशि रु ५१ हजार र सम्मानपत्र रहनेछ ।
वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा सदस्य डा महेन्द्र विष्ट र शीतल साह रहेको छनोट समितिले कोइरालालाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कार बुधबार दिइनेछ । गत वर्ष पहिलो पटक उक्त पुरस्कार फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई दिइएको थियो ।
प्रकाशित मिति : १८ चैत्र २०७४, आईतवार १६:४३