१३ असार २०८१, बिहीबार | Fri Jun 28 2024

रसुवागढीको ७० र सञ्जेनको ३० कित्ता सेयर आवेदन दिने सबैले पाए


१८ चैत, काठमाडौँ । रसुवागढी र सान्जेन जलविद्युत आयोजनाले निष्काशन गरेको प्राथमिक सेयरको बाँडफाँड गरेको छ । पहिलो र दोस्रो चरणको प्राथमिक शेयरको आज बाँडफाँड भएको होे ।

रसुवागढीको सेयरमा ७० कित्तासम्म आवेदन दिने सबैले मागेजति शेयर पाएका छन् । यसैगरी साञ्जेनमा सबैले ३० कित्तासम्म शेयर पाएका छन् ।

रसुवागढीको सेयरमा ७० कित्ता भन्दा बढी शेयरका लागि आवेदन दिएकामध्ये एक लाख ६२ हजार ६३९ जनाले थप १० कित्ता शेयर चिठ्ठाबाट पाएका छन् । यस्तै साञ्जेनको ३० कित्ताभन्दा बढि आवेदन दिनेमध्ये एक लाख ८५ हजार ३५ जनाले चिठ्ठामार्फत थप १० कित्ता शेयर पाएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७४, आईतवार १६:१३