२४ असार २०८१, सोमबार | Tue Jul 9 2024

श्रममन्त्री गोकर्ण विष्टको निर्देशनसँगै नयाँ म्यानपावरको दर्ता रोकियो


१८ चैत, काठमाडौँ । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टको निर्देशनसँगै नयाँ म्यानपावरको दर्ता रोकिएको छ । म्यानपावर दर्ताको नाममा घुसको खेती हुने गरी जानकारी पाएपछि श्रममन्त्री विष्टले तत्काल दर्ता प्रक्रिया रोक्न निर्देशन दिएका थिए ।

नयाँ म्यानपावर दर्ताका लागि सातलाख रुपैयाँ नगद र २३ लाख रुपैयाँ बैंक ग्यारेन्टीसहित ३० लाख रुपैयाँ धरौटी राख्नु पर्छ । वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले नयाँ म्यानपावर दर्ता तत्काललाई रोकिएको जानकारी दिए ।

उनले कामदारका समस्यालाई प्राथमिकता दिएर काम थालेकाले म्यानपावर दर्ता अहिलेको प्राथमिकतामा नपरेको बताए । उनले मन्त्री विष्टको निर्देशनमा वैदेशिक रोजगारीका सिलसिलामा समस्यामा परेका कामदारको राहात, उद्दार लगायत बिभिन्न विषयलाई प्रथामिकतामा राखेर काम भइरहेको बताए ।

चालू आर्थिक वर्षमा मात्रै प्रधानमन्त्री कार्यालय र मन्त्री र अदालतको आदेशमा दुईसय भन्दा बढी म्यानपावर दर्ता भएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७४, आईतवार १४:५६