१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

नेपाल राष्ट्र बैंकले एघार अर्ब ६१ करोडको ट्रेजरी बिल बिक्री गर्दै

१७ चैत, काठमाडौँ । नियमित रुपमा ट्रेजरी बिल र रिपो बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले सोमबार पुनः टे«जरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी रु ११ अर्ब ६१ करोड बराबरको टे«जरी बिल बिक्री गर्ने जानकारी दिएको छ ।

बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको हो । बैंकका अनुसार रु एक अर्ब बराबरको टे«जरी ९१ दिने अवधि, रु तीन अर्बको १८२ दिनका लागि तथा रु चार अर्ब ३६ करोड बराबरको टे«जरी बिक्री गर्न लागिएको हो । बैंकले यस अघि चैत ११ गते पनि टे«जरी बिल बिक्री गरेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आईतवार १९:१२