२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

राष्ट्रसंघीय मुख्यालय र शान्ति मिसनको उच्च तहको नेतृत्वमा नेपालको सहभागीता माग

१६ चैत, काठमाडाैँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शान्ति मिसनमा सहभागी हुने नेपाली सेना र प्रहरीका लागि राष्ट्रसंघीय मुख्यालय र शान्ति मिसनको उच्च तहको नेतृत्वमा सहभागिताको माग गरेका छन् । संयुक्तराष्ट्र संघको मुख्यालयमा शान्ति स्थापनाका लागि मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले राष्ट्रसंघीय मुख्यालय र शान्ति मिसनको उच्च तहको नेतृत्वमा सहभागीताको माग गरेका हुन् ।

उनले भनेका छन ‘युएन मिसनमा परिचालन हुने शान्ति सेना र प्रहरीका लागि राष्ट्रसंघीय मुख्यालय र शान्ति मिसनको उच्च तहमा थप सहभागीताका लागि आव्हान गर्छौं।’ सम्बोधनमा उनले नेपालले सन् २०१९ र २०२० का पिस किपिङ क्यापाविलिटी रेडिनेस सिस्टमका लागि एउटा इन्फेन्टी बटालियन र फोर्स प्रोटेक्सन कम्पनीमा बढुवाका लागि आफ्नो घोषणा गरे ।

उपप्रधानमन्त्री पोखरेलले राष्ट्रसंघको अनुरोधमा १० हजारसम्म शान्ति सेना परिचालन गर्न नेपाल तयार रहेको जानकारी दिए । उपप्रधानमन्त्री पोखरेलले राष्ट्रसंघका महासचिवले अघि सारेका शान्ति कार्य, लैङ्गिक रणनीतिलगायतका सुधारमा नेपालको समर्थन रहेको बताए । उनले  शान्ति मिसनहरुको कार्यक्षमतामा नयां ढंगले सुधार गर्ने जानकारी समेत दिए ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार १८:०७