१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

तीन विदेशी कम्पनीले चाैधरी ग्रुप मार्फत नेपालमा लगानी गर्ने

१६ चैत, काठमाडाैँ । चौधरी ग्रुपले एकैपटक लगानी सम्बन्धी चारवटा समझदारीमा हस्ताक्षर गरेको छ । काठमाडाैँमा सम्पन्न लगानी सम्मेलनमा भएको समझदारी अनुसार ग्रुपले तीन वटा विदशी कम्पनीलाई नेपालमा लगानीका लागि ल्याउने भएको छ । यसैगरी कम्पनीले सिजी टेलिकममा आफ्नो साझेदारका रुपमा टेलिसेलसँग पनि समझदारी गरेको छ । सिजीले टेकिलम क्षत्रेमा आउन योजना बनाएको लामै समय भइसकेको छ ।

चौधरी ग्रुपले मिल्टी मोडल लजिस्टिकका सर्राफ ग्रुपसँग एमओयू गरेको छ । त्यसैगरी चौधरी ग्रुपले ६ सय मेगावाटको सोलार प्लान्टमा लागि क्यानडाको स्काइ पावर कम्पनीलाई भित्र्याउने भएको छ । यस्तै चौधरी ग्रुपले सोलार प्लान्ट राख्नेबारे प्रदेश २ सरकारसँग पनि समझदारी गरेको छ ।यो कम्पनीसँग पनि लगानी सम्मेलनमा नै समझदारी भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार २०:३५